२१.७६ अंकले बढयो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २१.७६ अंकले बढेको छ । नेप्से बढेपनि यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।

आज नेप्से परिसुचक बढेसँगै २८९२.७२ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि साताको पहिलो कारोबार आइतबार नेप्से परिसुचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा रोकिएको थियो । यस दिन कुल ३११ स्टकको १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँ बराबरको ३ करोड, ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन कुल २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर खरिद विक्री भएको थियो । आज सेन्सेटिभ इन्डेकस ४.४६ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.६० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.६८ अंकले बढेको छ ।

यसदिन थ्रिस्टार हाइड्रोपावर, ट्रेडटावर लिमिटेड, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ८०.८८ रुपैयाँले वृद्धि भएर ८९०.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेडटावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४४.२० रुपैयाँले वृद्धि भएर ४८७.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य क्रमशः प्रतिकित्ता ३९.४० रुपैयाँ र १९५०४ रुपैयाँले बृद्धि भएर ४३४.३० रुपैयाँ र २२७०.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

प्रतिक्रिया