कांग्रेस नेतालाई गोली हान्ने धम्की दिने एसपी पाण्डे निलम्बित

काठमाडौं । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्की दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले छानबिनका लागि एसपी पाण्डेलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् । कांग्रेस सिरहाका सभापति यादवले आफ्नो घरमै आएर पाण्डेले गोली हान्ने धम्की दिएको दाबी गरेका थिए ।

उनले विज्ञप्ति नै जारी गरेर यही पुस १८ गते राति १ः२५ बजे मादकपदर्थ सेवन गरेर पेस्तोल देखाएर आक्रमणको प्रयास गरिएको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया