शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि साताको दोस्रो कारोबार दिन नेप्से ३५.०९ अंकले घटेको छ ।

पहिलो कारोबार दिन २९ अंकले बढेको बजार आज घटेको हो । बजार घटेसँगै नेप्से परिसुचक २७२५.७१ बिन्दुमा झरेर रोकिएको हो । यस दिन कुल ३२१ स्टकको आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको दुई करोड ११ लाख २ हजार ५४० कित्ता शेयर खरिद विक्री भएको छ । अघिल्लो कारोबार दिन २७६०.८० बिन्दुमा रोकिएको बजारमा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेकस ६.८३ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.६८ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.५२ अंकले घटेको छ । यस दिन माइखोला हाइड्रो पावर लिमिटेड, हिमालयन पार लिमिटेड, जोशी हाइड्रो पावर र सिनर्जी पावरको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ । माइखोला हाइड्रो पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ५३.३१ रुपैयाँले बढेर ९५६.६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । हिमालयन पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले बढेर ३७३.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी जोशी हाइड्रो पावरको शयेर मूल्य प्रतिकित्ता १४.६८ रुपैयाँले बढेर ३४६.३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सिनर्जी पावरको शेयर मूल्य १६.२८ रुपैयाँले बढेर ४११.४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
 

प्रतिक्रिया