नेप्से २७ सय बिन्दुमै स्थीर, कारोबार रकम भने घट्यो

काठमाडौं । कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार पनि नेप्से परिसुचक २७ सय बिन्दुमै स्थीर रहेको छ ।

यस अघि बिहिवार ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको नेप्से परिसुचक यस दिनभने २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर खरिद विक्री भएकोमा आज कुल ३१८ स्टकको ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर खरिद विक्री भएको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स आज ०.६७ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.२३ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.३३ अंकले बढेको छ । नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९.४० रुपैयाँले बढेर ७६३.६० रुपैयाँमा अन्तिम करोबार भएको छ । यस दिन गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स, राप्ती हाइड्रो र अपर हेवा खोलाको आईपीओले सबैभन्दा धेरै कमाएको छन् । यस दिन नेपाल रिइन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक, हिमालयन रिइन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।

यस दिन गुडविल फाइनान्स, ग्रिन डभ्लप्मेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । गुडविल फाइनान्सको शेयर मूल्य १२७.३० रुपौयाँले घटेर १३०८.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ग्रिन डभ्लप्मेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य पनि क्रमश १३७.९८ रुपैयाँ र ५३.७५ रुपैयाँले घटेर १४७१.०३ रुपैयाँ र ८७१.९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
 

प्रतिक्रिया