काठमााडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले संविधानमा व्यवस्था भएको धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न प्रस्ताव गरेका छन्।
केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै आइतबार पूर्वमहामन्त्री कोइरालाले संविधान संशोधन गर्दा यही प्रावधानबाट सुरु गर्न प्रस्ताव गरेका हुन्।
‘धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौं, नेपाली कांग्रेस र एमालेबीच २०७१ असार १७ गते भएको ७ बुँदे सहमतिमा पनि संविधान संशोधन गर्ने भनिएको थियो, पहिलो संशोधन यहीँबाट गरौं,’ कोइरालाले जोड दिएर भने।
कोइरालाले निर्वाचन प्रणालीमा समेत सुधार गर्नुपर्ने सुझाव राख्दै वर्तमान प्रणालीले कसैको पनि बहुमत नआउने कारणले सदैव राजनीतिक अस्थीरता रहने बताए ।
नेता कोइरालाको सुझाव छ, वर्तमान निर्वाचन प्रणाली पनि सुधार गरौं । ‘प्रतिनिधि सभा सबै प्रत्यक्ष गरौं र राष्ट्रिय सभा पूर्ण समानुपातिक गरौं,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने देखिँदैन।’
प्रतिक्रिया