काठमाडौँ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बमबहादुर मिश्रले आगामी मौद्रिक नीति स्टार्टअप मैत्री आउने बताएका छन् । स्टार्टअपहरुले नेपालमै बसेर डलर कमाउन थालेको प्रसंगमा चर्चा गर्दै मिश्रले स्टार्टअप गर्नेहरुले नेपालमै बसेर डलर आम्दानी गर्न सक्ने सम्भावना रहेको बताए ।
काठमाडौंमा आयोजित स्टार्टअप र स्टार्टअप इकोसिस्टमबारे एक कार्यक्रममा बोल्दै शुक्रबार मिश्रले भने ‘आइटी क्षेत्रमा नेपालमै बसेर डलर कमाउन थालेका छन् । ई भिसीहरू पनि खुलेका छन् ।
स्टार्टअपहरूका लागि यो अवसरको कुरा हो । अहिले स्टार्टअपका सम्बन्धमा नेपाल राष्ट्र वैकमा पनि छलफल भएको छ ।’
सरकारका उपसचिव किरण थापा, औद्योगिक व्यवसाय प्रवर्धन प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ता, स्टार्टअप अभियन्ता नेपाल पेमेन्ट सोलुसनका लोकराज शर्मा टिम भेन्चर्स प्रालिका सिनियर एनालिष्ट दिपेश पोते श्रेष्ठ, आद्यान्त फण्ड मेनेजमेन्टका निर्देशक निष्चल सिंह भण्डारी पूर्वराजदूत विष्णुहरि नेपाल एफएनसीसीआईका प्रतिनिधि, युनिभर्सिटीका प्राध्यापक, उद्योग व्यवसायीहरू, स्टार्टअपहरू लगायतको सहभागिता थियो ।
प्रतिक्रिया