१ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढ़ेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढ़ेको हो । महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बिहीवार चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रतिक्रिया