काठमाडौं । सर्वसाधारण लगानीकर्ताका लागि जेठ १४ गतेदेखि बिक्री खुला गरेको ट्रेड टावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
आवेदनकर्ताले आज बेलुका ५ बजे सम्म आवेदन दिन सक्नेछन । यसअघि छिटो अबधि जेठ १९ गते तोकिएकोमा आईतबार सावर्जनिक बिदा परेकाले कम्पनीले एक दिन थप गरी जेठ २० गते सम्मको अबधि कायम गरेको हो । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनकालागि नेपाल धितोपत्र बोर्डबाट अनुमती पाएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुनआउने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३३ कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया