गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निश्कर्ष

काठमाडौं । माओवादी केन्द्रको आजको बैठकले गृहमन्त्री रमेश लेखकले स्वतन्त्र, निष्पक्ष छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको छ । 

बैठकपश्चात माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । उनले भने,‘अहिले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिषामा विदेश पठाउने कार्यमा गृहमन्त्रालयका कर्मचारी जोडिएका भन्ने विषय छन् । सबैतिरबाट आवाज आइरहेको छ । यसमा नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ,’ उनले थप भने,‘नेपाली कांग्रेसभित्रैबाट पनि राजीनामा माग भएको छ र हाम्रो पार्टीको बैठकले पनि अव गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्छ । पहुँच, प्रभाव र पावर प्रयोग हुनु भएन् । स्वतन्त्र, निश्पक्ष छानविनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निश्कर्ष छ ।’

यस्तै उनले पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र हुलाकी मार्ग केन्द्र अभियानले राष्ट्रिय एकता, जनजीविका लगायतका कुराहरु नयाँ अध्ययन अनुसन्धान गर्नका लागि मजबुत आधारहरु तयार भएको बैठकले निष्कर्ष निकालेको बताए । साथै उनले गंगालाल श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग र नेपा राष्ट्रिय पार्टीबीच एकताको  सबै कुरा टुङगोमा पुगेको बताए । 
 

प्रतिक्रिया