माओवादीका तीन आयोगमा अहिलेकै पदाधिकारीलाई निरन्तरता

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको आइतबारको बन्दसत्रले पार्टीको यसअघिको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरुलाई अनुमोदन गरेको छ ।

यसअघिकै आयोगका पदाधिकारी तथा सदस्यहरुलाई अर्को कार्यकालका लागि अनुमोदन गर्न अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मतले पारित गरेको छ ।

केन्द्रीय अनुशासन आयोग प्रमुखमा  टंक राई, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ र लेखा आयोग प्रमुखमा पेशल खतिवडा छन् । तीन वटै आयोग २५ सदस्यीय छ । आयोगका सदस्यहरुलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ ।
 

प्रतिक्रिया