आईपीएल : पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स र मुम्बई इन्डियनको आइतबारका लागि तय भएको खेल अहमदावादमा हुने भएको छ ।

शीर्ष दुईमा स्थान पाउनका लागि सो खेल निर्णायक हुन सक्नेछ । आईपीएलको शीर्ष चार स्थानमा रहनका लागि ५ टोलीका बीचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । गुजरात टाइटन, मुम्बई इन्डियन, पन्जाब किङ्स, रोयल च्यालेन्जर बंगलोरु र दिल्ली क्यापिटल यो प्रतिस्पर्धामा छन् । त्यसपछिका दुई स्थानमा रहेका कलकता नाइडर्स र लखनउ सुपर जायन्ट्सको सम्भावना न्यून भइसकेको छ । राजस्थान, सनराइजर्स हैदरावाद र चेन्नई बाहिरिएका छन् ।

शीर्ष स्थानमा रहेको गुजरात र बंगलोरुको १६ अङ्क छ । पन्जाबको १५, मुम्बईको १४ तथा दिल्लीको १३ अङ्क छ। कलकत्ता ११ र लखनउको १० अङ्क छ। मुम्बई, कलकता, राजस्थान र चेन्नईको १२ खेल सकिएको छ भने अन्य टोलीले ११ खेल खेलेका छन्।

आईपीएलमासमेत भारत–पाकिस्तान युद्धको प्रभाव देखिएको छ । शीर्ष चारका लागि पाँच टोलीको भिडन्त निर्णायक हुँदै गर्दा बिहीबारको खेल युद्धकै कारण अवरुद्ध भएको थियो ।दिल्लीविरुद्ध सुरुमा ब्याटिङ गरेको पञ्जाबले एक विकेटको क्षतिमा १२२ रन बनाएपछि खेल अवरुद्ध भएको हो ।

प्रतिक्रिया