०८४ को निर्वाचन अर्कै संविधानले हुने भविष्यवाणी

सबैभन्दा ढिलो ट्रान्जिट हुने ग्रह शनि तीस महिना एक राशिमा बस्छन्। भर्खरै मीन राशिको उत्तरभाद्रा नक्षत्रको प्रथम पदमा सरेका छन्। शनिका तीन आफ्ना नक्षत्र हन्छन्। प्रथम नक्षत्र पुष्य, दोस्रो अनुराधा र तेस्रो अर्थात् अन्तिम नक्षत्र उत्तरभाद्रा हुन्। यी तीनवटै नक्षत्र शुभ मानिन्छन्।  

शनिको कारकत्व

१. न्याय अर्थात कानूनी बन्दोबस्त, अदालत, न्यायाधीश, कानून मन्त्रालय। संबिधान। वकालत, वकिल। श्रेस्ता र श्रेस्तेदारहरु। 

२.दुख: मानिसको दुखः र सुखसँग संबन्ध।

३. तल्लो बर्ग गरीब र तिनका हक अधिकार। मजदूर र तिनका हक अधिकार।

४. श्रमजीवी, कर्मचारी, मजदुर, किसान, कडा मिहिनेत गर्नुपर्ने कुनै  पनि पेशा।

 ५. धुवाँ, कुहीरो, तुवाँलो, बादल, बरफ, पशुपंंक्षी, ठूला रुखहरू, चट्याङ अनि जीवको मृत्यु, मानिस पनि जीव हो।

 ६. जेलनेल, थुनुवा, बन्दी अपहरण जेलर समेत।

७. जुत्ता, छाला, पुराना लुगाफाटा, फलाम, खानी कोइला, कच्चा पत्थर, उद्योगमा प्रयोग हुने कच्चा पदार्थ। अरु पनि विविध पक्षहरू छन्। यद्यपि मोटामोटी यति नै हुन्। 

मीन राशि गुरुको राशि भएको कारण र अहिले गोचरको ट्रान्जिटमा ३/११ पर्छन्। गुरुबाट शनिको दूरी ११/३ अर्थात् होरिजेन्टल हुन्छन्, जोमेट्रिक हिसाबले भने समकोणी ट्रेंगलमा रहन्छन् तीस महिना। उत्तर भाद्रा पदको देवता एकादस रुद्र हुन्। यस हिसाबले मानिसमा अलिकति शनि वा गुरु खराब जन्म लग्नमा छन् भने मानिस क्रोधी र इमोसनल हुनसक्छ यद्यपि शुभ भए प्यासेन्स राख्ने धैर्यवान् र धीरज बनाउँछ। यो जातक होरा ज्योतिष नभएका कारण म संहिता तर्फबाट विवेचना गर्ने प्रयत्न गर्छु।

१. काल पुरुषको कुण्डलीमा शनि कर्मभाव र इच्छाशक्ति भावका कारक मानिन्छन्। गुरुकै राशिमा गोचर गर्दै अन्तिम स्वनक्षत्रका शनिले अन्त्यको  प्रयास गर्नेछन्। जस्तो ब्यक्ति शनि र गुरुको तामेलका कारण आध्यात्मिक जागरणमा समाधि, तेस्रो नेत्र खुल्ने अर्थात् यो दि इन्ड लाई भेदन गर्छ। तसर्थ यो अन्तिम नक्षत्र भएको कारण सिध्दि प्राप्तिका लागि शनि धेरै सशक्त बन्छन्। शनि न्यायिक ग्रह भएको कारण आध्यात्मिक पनि हुन्। प्रेम, दया र करुणाभाव अनि जीवन के का लागि 'म यो संसारमा किन आएँ र मेरो के काम छ ? म को हुँ ? भनेर चिनाउने काम गर्नमा अग्रसर रहने हुँदा पुष्य र अनुराधा नक्षत्रमा जन्म भएको खण्डमा त्यो बोध त्यस्ता मानिसलाई गराँउछन्। यदि यही नक्षत्रमा जन्मन गएको बालक भए सानो उमेरमै उसले केही अलौकिक छापहरू छोड्न थाल्दछ। र उत्तरभाद्रानक्षत्रमा जन्मेको मानिस तीन चक्र पूरा गर्न लागेको भए यो जीवनको अन्त्य गर्नेछन्। 

यसरी नै समाज राष्ट्र र पुरै विश्वमा हरेक कर्मको समाप्तिका लागि यो नक्षत्रमा शनिको प्रवेश हुनेगर्छ। युगको अन्त्य, थालेको कुनै पनि कामको यो आगामी तीस महिनाभित्र अन्त्य हुन्छ। मानिस बानप्रस्थ हुने, सन्यास लिने अर्थात् त्यागको भावना जगरण गराउने समय हो यो भनी ज्योतिषशास्त्रले ब्याख्या गरेको छ। यद्यपि कि त शनि उत्तरभाद्रामा भए अथवा नवम पचंम राशिमा  वात गुरु मृगशिरा नक्षत्रमा भए मात्रै यस्तो अवस्था आउँछ अन्यथा हुँदैन।

२.  गुरु धर्मका कारक र मोक्षका, ज्ञानका कारक भएको कारण मानिसहरू यो समय बढी प्रकृति नजिकै रहन चाहन्छन्। अथवा यस सम्बन्धी अनुसन्धान गर्न लागि पर्छ। मानिस शनि र गुरु जन्मेको बखत शुभ भए बढी न्यायिक, सामाजिक र प्रेमी बन्छ, खराब भए पाखण्डी बन्न चैँ खोज्छ तथापि न्यायिक शनि उसलाई दण्ड दिन थाल्छन् । तसर्थ यो समयमा अपराध बाहिर उजागर हुन्छ र दण्डहीनता नस्ट भएर एक न्यायोन्मूख विश्वको उत्थान चैँ नैसर्गिक रुपान्तरण कै रुपमा देख्न पाइनेछ विश्वमै । 
 
३. फेरि न्युमोरोलोजी अर्थात् अंक ज्योतिषले पनि ९पाश्चात्य० ई।संको आधारमा हेरिनेले पनि अंक २०२५ को टोटल जोड ९ हुन्छ जो इन्डिंग नम्बर हो तसर्थ यो बर्ष युगको अन्त्य, पुरानो कामको अन्त्य हुन्छ । जस्तो राजनीतिमा एक पुरानो परिपाटीको अन्त्य भएर आगामी जनवरीदेखि नयाँ आरंभ हुन्छ। तसर्थ विश्वमा जसलाई  लोकतान्त्रिक ब्यवस्था भनेर सुरु गरिएको हो त्यो अन्त्य भएर नयाँ मोडलको ब्यवस्थापन हुनेछ। भारत लगायत जहाँ वेस्ट मिन्स्टर सिस्टम छन् त्यसमा पक्का फेरबदल हुनेछ। एक राष्ट्र प्रति समर्पित भावले काम गर्न सक्ने प्रणालीको विश्व भर आरंभ हुनेछ।

क्रुर शासकहरूको पतन र दया र करुणा अनि राष्ट्र प्रेमी शासकहरूको उत्थान हुनेछ। मानिसमा रुपान्तरण आउनेछ न बदलिनेको जीवनको अन्त्यतिर जानेछ। यो दैवले नै गर्नेछन्, मानिस वा पुराना सोच बोकेका शासकहरूको अन्त्य हुनेछ। 

तसर्थ नेपालमा पनि एकाएक ब्यवस्था परिवर्तन हुनेछ र राष्ट्रप्रेमीहरूको साधु मानिसको, धर्मको, संस्कृतिको, गरीब र असहायहरूको जीवन बदलिने अथवा उत्थान हुने दिन नजिकै छ। यो चलिरहेको ब्यवस्था, चरित्र संविधान, कानुन सिस्टम सबै एकाएक अन्त्य हुनेछ। बेलुका सुतेर भोलि विहान बिँउझदा मानिसले सबै बदलिएको देख्न भोग्न पाउनेछ। यद्यपि धेरै सिधासाधा र साधु मानिसहरू मात्र समाजमा रहने, कुनैनकुनै दैवीय लिलाको प्रावधान पो आउने हो कि भनेझैं नजिकैको विश्वमा देखिने पो हो कि भने झैँ आकाशीय पिण्डहरू देखिरहेका छन्।

४. ईसं. २०२६ को जोडफल १० हुन्छ, एक डिजिटमा लाँदा अंक १ हुन्छ, जसका स्वामी सूर्य हुन्। अंक १ पनि आरंभ र सूर्य पनि उज्यालो र राजाको आरंभ हो। राष्ट्राध्यक्षको पनि आरंभ अथवा नयाँ।

५. तत्पश्चात विश्वमै विस्तारै वैदिक सनातन धर्मको उत्थान हुनेछ, यद्यपि हिन्दू, मुस्लिम, यहुदी, इसाई जस्ता सम्प्रदाय होइन। जो नित्य छ, निरंजन छ, अटल, अजर र अमर छ, दया प्रेम, करुणाको जागरण गराउने धर्म नै वैदिक सनातन हो।

६. अब वैदिक ज्योतिष गणना मुताविक वृहस्पति मिथुन राशिमा आषाढमा अथवा जेष्ठ अन्तिममा प्रवेश गर्छन्। अर्थात् गुरुसँग १०/४को संबध रहनेछ र लगातार मिथुन राशि देखि सातवर्षसम्म अघिल्लो राशिमा जाँदै फर्कँदै गर्ने यो मार्गलाई ज्योतिषको भाषामा अतिचारी संज्ञा दिएको छ। यो भनेको अन्य ग्रहलाई पछि छाडेर अघि बढ्ने शिघ्र ग्रहहरुलाई धेरै पटक र मन्दग्रहलाई बर्षमा एक पटक पछि छाडेर अघि बढ्नुलाई भनिन्छ। 

अनि शनि पूर्वभाद्रा नक्षत्रमा नै बक्रि बनेर पनि २०२७ फेव्रुवरी ७ सम्म एक बर्षबढी रहन्छन्। तसर्थ नयाँ व्यवस्थाको आरंभ यहीँबाट भएर सात बर्षभित्र पुरै विश्वमा बदलिनेछ। 

नेपालमा पनि म यति चैँ भन्न सक्छुकि २०८४ को चुनाव यही ब्यवस्थाको र यही संविधान मुताविकको चैँ हुँदैन। यो शास्त्रीय मत हो। मैले आफूलाई मनमा लागेर भनेको वा भविष्य वाणी गरेको चैँ होइन, ज्योतिषको आधारमा हो। (ज्योतिषी उदय निरौलाको विश्लेषण)
 

प्रतिक्रिया