माओवादी केन्द्रको नेतृत्व चयनका लागि आइतबार मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । शनिबार अपरान्ह पार्टीको निर्वाचन केन्द्रीय समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकाअनुसार शनिबार राति ८ बजदेखि साढे १० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । मतदान भने आइतबार बिहान साढे ११ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।

माओवादी केन्द्रले निर्वाचनबाट २९९ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ भने निर्वाचित केन्द्रीय कमिटीले अध्यक्षसहित १५ जना पदाधिकारी चयन गर्नेछ । निर्वाचनमा १ हजार ७४२ जना प्रतिनिधिहरुले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । माओवादी केन्द्रको अध्यक्षमा भने पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन हुने नेताहरुले बताएका छन् ।

elections-0112022124750-1000x0

प्रतिक्रिया