देउवा दम्पत्ती स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रमा सहभागी भई शुक्रबार स्वदेश फर्किएकी छन् ।

उनी थाइल्याडबाट स्वदेश फिर्ता भएकी हुन् । मन्त्री राणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा पनि स्वदेश फर्किएका छन् । बैंककमा अप्रिल २१ देखि २५ सम्म आयोजना भएको कार्यक्रमका सहभागि भई मन्त्री राणा फर्किएकी हुन् । मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग, तथा बैंककस्थित नेपाली दूतावासका उच्च अधिकारीहरु सम्मिलित नेपाली प्रतिनिधिमण्डल बैठकमा सहभागी थिए । सभापति देउवा पनि उपचारका लागि थाइल्याड गएका थिए । 
 

प्रतिक्रिया