काठमाडौं । चीनको विकास र चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्राध्यक्ष सी चिनफिङका ८ नियममाथि काठमाडौंमा चर्चा भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक विभागले सन् २०१२ मा स्वीकृत गरेका ८ वटा नियम र त्यसैको आधारमा खडा भएको आधुनिक चीनबारे यहाँ चर्चा भएको हो ।
फ्रेण्ड्सन अन क्लाउड नामक संस्थाले आयोजना गरेको कार्यक्रममा पूर्व सचिव देवेन्द्र सिटौला, संस्थाका अध्यक्ष शोभित उप्रेती, हालै चीन भ्रमणबाट फर्केका पत्रकार रोहन श्रेष्ठ, चलचित्र नायक कृष्ण मल्ल लगायतले राष्ट्रपति सीका ८ नियम र आफ्नो अनुभवबारे धारणा राखेका थिए ।
राष्ट्राध्यक्ष सीका ८ नियममा अनुसन्धान पद्धतिको सुधार र तथ्य, मितव्ययी, आर्थिक अनुशासन, द्विपक्षीय, त्रिपक्षीय भ्रमण, समाचार रिपोर्ट, अनावश्यक बहस र प्रचार, इमानदारिता,अनुशासन लगायतका विषय समेटिएका छन्।
कार्यक्रममा पूर्व सचिव सिटौला र संस्थाका अध्यक्ष उप्रेतीले चीनको विकास र कार्यशैलीबाट नेपालले पनि धेरै कुरा सिकेर विकास गर्नसक्ने धारणा राखेका थिए । नायक मल्ल र पत्रकार श्रेष्ठले चीनले ग्रामीण क्षेत्रमा गरेको विकास, समाजवादको उपयुक्त प्रयोग, चिनियाँ प्रविधि लगायत आफूले अनुभव गरेको विषयबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया