ललिता निवास जग्गा प्रकरणमा १२० जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र शुक्रबार आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए । सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।

प्रतिक्रिया