गंकी धुस्वां–बसुन्धरा पुरस्कार कार्कीलाई

काठमाडौं । गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले यसवर्षको ‘गंकी धुस्वां–बसुन्धरा पुरस्कार’ उपन्यासकार नीलम कार्की निहारिका (द्रौपदी अवशेष) लाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष डा अरुण सायमीको अध्यक्षतामा हालै बसेको बैठकले ‘धुस्वाँ सायमी सिर्जना पुरस्कार’ भने वरिष्ठ चित्रकार गोविन्दलालसिं डङ्गोललाई प्रदान गर्ने निर्णय गरेको छ ।

जनही ५० हजार रुपैयाँ राशीका ती पुरस्कारका साथमा ताम्रपत्र पनि रहने छन् । ती पुरस्कारका लागि क्रमशः विमल भौकाजी र हरिप्रसाद वैद्यको संयोजकत्वमा दुई सिफारिस समिति गठन गरिएका थिए ।

पहिलो पुरस्कार उपन्यासकार तथा दोस्रो पुरस्कार कलाकार र सङ्गीतकारलाई दुई/दुई वर्षमा प्रदान गरिँदै आएको छ । गंकी पुरस्कार नेपालभाषा, नेपाली र अन्य विविध भाषाका उपन्यासलाई पालैपालो दिने गरिएको छ । ती पुरस्कार आगामी माघ १ गते प्रदान गरिने प्रतिष्ठानका सचिव प्रतिसरा सायमीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया