फरार दुर्गा प्रसाईंलाई केहीबेरमा काठमाडौं ल्याईंदै

बिर्तामोड । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईलाई बुद्ध एयरको जहाजबाट काठमाडौं लगिने भएको छ। प्रहरीको विशेष टोलीले उनलाई काँकटभिट्टा नाकाबाट झापा ल्याएको हो। केहीबेरअघि झापा ल्याइपुर्‍याएका प्रसाईंलाई अहिले जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा राखिएको छ।

चैत्र १५ गते तीनकुनेको राजावादीको प्रदर्शन स्थलबाट फरार भएका प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी नेपाल ल्याइएको हो। 

भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका प्रसाईँलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भएपछि सीमा नाकामा प्रसाईं पारिवारका सदस्य र केही समर्थकहरू भेला भएका थिए।  

राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी प्रसाईंले भारतीय प्रहरीसमक्ष आफूले आत्मसमर्पण गरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेका हुन्।

प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो।  गत चैत १५ गते राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा हिंसा भड्काएको आरोप लागेपछि उनी फरार थिए। सुरक्षाको ग्यारेन्टी पाएपछि उनले बिहीबार राती ९स्१३ बजे सामाजिक सञ्जालमा आत्मसमर्पण गरेको उल्लेख गरेका हुन्।

दुर्गा प्रसाईंसँगै बडीगार्ड खड्का पनि समातिए

गत चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । 

प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईंलाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरे । तर उनलाई प्रहरीको विशेष ब्यूरोले भारतमा पुगेर नियन्त्रणमा लिएको जनाइएको छ ।

उनका अनुसार प्रसाईको साथबाट निजका बडिगार्ड दिपक खड्का पनि नियन्त्रणमा आएका छन् । 

आचार्यले भने, ‘उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो । निजको साथबाट उनका बडिगार्ड दिपक खड्का पनि सँगै छन् ।’
(फायल तस्बिर)

Police

प्रतिक्रिया