सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ सुवेदी पक्राउ

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी पक्राउ परेका छन् । बैंकमा हिनामिना भएको १६ करोड रुपैयाँ प्रकरणमा अनुसन्धानका लागि उनलाई मोरङ प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनीसँगै अधिकृत अमित थापा मगर र बैंकका लेखा शाखा प्रमुख देवीप्रसाद भण्डारीलाई पनि पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । बैंकको १६ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सुवेदीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । बैंकबाट गायव रकममध्ये अधिकांश रकम सीईओकै आफन्तको खातामा रहेको पाइएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ। त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो।

प्रतिक्रिया