मेगा बैंकले १२ प्रतिशत लाभांश दिने

काठमाडौं । मेगा बैंकले आफ्ना शेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम भएको १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२.०७ प्रतिशतले दरले लाभांश शेयर दिने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० बराबरको लाभांश शेयर दिइनेछ ।

लाभांश शेयर वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको ११ औँ साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिने बैंकका वरिष्ठ नायब महाप्रबन्धक तुल्सीराम पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया