'अरुलाई आलोचना गरेर हुँदैन, राजनीतिक प्रतिवेदनमा आफैंलाई चिरफार गरेको छु'

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आफ्नै कारण कमजोर भएको बताएका छन् । आइतबार पार्टीको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै आत्मसमीक्षा गरेको बताएका हुन् ।

उनले भने,‘पछिल्लो समयमा माओवादी केही कमजोर भएको महसुस भएको छ । अरुलाई आलोचना गरेर हुँदैन । मैले राजनीतिक प्रतिवदेनमा आफैंलाई चिरफार गरेको छु ।’ उनले एमाले–माओवादी बीचको एकता टुट्नुको कारणबारे समीक्षा गर्नुपर्ने बताए । उनले एकतामा कहाँ गल्ती भयो भनेर समीक्षा गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं । सिंगो एमालेका साथीहरूलाई भन्न चाहन्छु । कहाँ थियो त गल्ती ? समीक्षा गरौं । के कारण हामीले देखेको सपना आफैँले भत्कायौं ?’ त्यसअघि सम्बोधन गरेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी एकता जोगाउन नसकिएकोमा पछुतो लागेको बताएका थिए ।

प्रतिक्रिया