तोलामा १२ सयले घट्यो सुनको मूल्य

काठमाडौँ। आज सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रू. एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू. एक लाख ४९ हजार तीन सय कायम भएको छ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला रू. २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ। 

प्रतिक्रिया