प्रदेश एकमा अर्याल र कोइराला केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य प्रदेश एकको मत परिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको मंगलबार सार्वजनिक गरिएको मत परिणामअनुसार प्रदेश एकबाट अमृत अर्याल दुई हजार ३८९ र राजीव कोइराला दुई हजार १५२ मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यस्तै आनन्द सन्तोषी राईले दुई हजार ८१, अनिलकृष्ण प्रसाईले एक हजार ४२२, सुमित्रा थरुनीले ३९२, जनार्दनराम निरौलाले १४९ र खिलराज बस्नेतले २८१ मत प्राप्त गरे । यसैगरी केन्द्रीय सदस्य प्रदेश नं १ महिलातर्फ महेन्द्रकुमारी लिम्बु दुई हजार २२९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

यस्तै लिलादेवी बोखिम लिम्बुले एक हजार ७४७ तथा गोमाकुमारी भट्टराईले ६०९ मत प्राप्त गरेका केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया