कर्णालीबाट बुढा र शाह केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनबाट केन्द्रीय सदस्य कर्णाली प्रदेश (खुला) दुई पदमा राजीव विक्रम शाह (२,८२०) र कर्णबहादुर बुढा (२,२००) मत मतका साथ निर्वाचित भएका छन् ।

त्यो पदका निकटतम प्रतिस्पर्धी उम्मेदवार हृदयराम थानी भने एक मतले मात्र पराजित भएका छन् । थानीले (२,१९९) मत प्राप्त गरेका कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सो पदका अन्य उम्मेदवार दीनबन्धु श्रेष्ठले (१,५४६) र नारायणप्रसाद भट्टराईले (३६०) मत प्राप्त गरेका छन् । यसैगरी केन्द्रीय सदस्य कर्णाली प्रदेश (महिला) एक पदमा जानकी सिंह (२,६२४) मतका साथ निर्वाचित भएका छन् । उनका एक मात्र प्रतिस्पर्धी उम्मेदवार मैना कार्की रावलले (१,९५५) मत प्राप्त गरेको समितिले जनाएको छ ।
 

प्रतिक्रिया