नेप्से ८.९० अंकले बढ्यो, कारोबार बढेर साढे ५ अर्बको

काठमाडौँ। साताको दोस्रो दिन शेयर बजारमा सूचक बढ्नुका साथै कारोबार रकम पनि बढेको छ। सोमबार नेप्से ८.९० अंकले बढ्दै २०८२.०९ विन्दुमा रहँदा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ छ।

यसअघि आइतबार ४.५९ अंक झिनो गिरावटमा नेप्से २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर कारोबार भएको थियो। कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ थियो।

सोमबार १३ मध्ये ७ उपसूचक बढेका छन् भने ६ वटा घटेका छन्। विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, र निर्जीवन बीमा बढेका छन्। १७६ कम्पनीको सेयरमूल्य बढ्दा सर्वाधिक जलविद्युत २ र निर्जीवन बीमा १.२८ प्रतिशतले बढेका छन्।

कुथेली बुखारी साना जलविद्युत र त्रिशूली जलविद्युत कम्पनीको शेयर मूल्य बढेर सर्किट नै लागेको छ। पिपुल्स पावर र मोलुङ हाइड्रोपावरको शेयर पनि सर्किटस्तरमा बढेको छ।

घट्नेमा वाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसमूह छन्। म्युचुअल फण्ड ३.७४ र व्यापार उपसमूह २.०४ प्रतिशतले घटेको छ। शेयरमूल्य घटेका ६१ कम्पनीमध्ये जानकी फाइनान्सका लगानीकर्ता ८.६७ प्रतिशत नोक्सानमा छन्। ९ कम्पनीको शेयरमूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फ्रास्ट्रचर सोमबार पनि पहिलो नम्बरमा छ। उक्त कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै माउन्टेन इनर्जीको २४ करोड ४७ लाख, जानकी फाइनान्सको १६ करोड ७७ लाख, सीइडीबी हाइड्रोपावरको १३ करोड ५१ लाख, युनाइटेड इदीमर्दीको १२ करोड ४४ लाखको शेयर किनबेच भएको छ।

१४७ कम्पनीको शेयरमूल्य घट्दा बढी नोक्सानमा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता छन्। उक्त जलविद्युत कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स, लक्ष्मी लघुवित्त, माईखोला हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरलगायतका शेयरमूल्य घटेका छन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया