शेयर परिसूचकमा गिरावट, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौँ। साताको पहिलो दिन शेयर बजार परिसूचकमा झिनो गिरावट हुँदा पनि कारोबार रकम भने बढेको छ।

नेप्से ४.५९ अंकले घट्दै २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ छ।

आइतबार २.९२ प्रतिशतले बढेको होटल तथा पर्यटन उपसमूहले परिसूचक थामेको छ। जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूह बढेको छ। व्यापार उपसमूहमा १.५४ प्रतिशतको गिरावट छ। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूह घटेका छन्।

९७ कम्पनीको शेयरमूल्य बढ्दा इस्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटी होटल र कुथेली बुखारी साना जलविद्युतको शेयर बढेर सर्किट लागेको छ। भगवती हाइड्रोपावर र सामलिङ पावरको शेयरमा पनि सर्किटस्तरको बढोत्तरी छ। 

एनआरएन इन्फ्रास्ट्रचरको सर्वाधिक ३२ करोड ३ लाखको शेयर कारोबार भएको छ। यस्तै सीइडीबी हाइड्रोपावरको २१ करोड १३ लाख, सिटी होटलको १३ करोड ९७ लाख, पोखरा फाइनान्सको १२ करोड ३८ लाख र हाथवे इन्भेस्टमेन्टको ११ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ। 

१४७ कम्पनीको सेयरमूल्य घट्दा बढी नोक्सानमा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता छन्। उक्त जलविद्युत कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स, लक्ष्मी लघुवित्त, माईखोला हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरलगायतका शेयरमूल्य घटेका छन्।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया