साधुटारबाट ‘ऊनको स्वीटर’ सुरु

काठमाडौँ। पाँचथरको साधुटारबाट फिल्म ‘ऊनको स्वीटर’ को मुहूर्तसँगै छायाङ्कन सुरु गरिएको छ। फिल्ममा नवीन चौहानको लेखन तथा निर्देशन छ। उनलाई लेखनमा सुरज कटुवालले सघाएका छन्।

निर्देशक नवीनका अनुसार विपिन कार्की र मिरुना मगरको प्रमुख भूमिकामा अभिनय रहने फिल्मको सेड्युल ३५ दिनमा पुरा हुनेछ।

फिल्ममा एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ।

फिल्ममा चिन्तनराज भण्डारीको छायांकन रहनेछ। फिल्म यो वर्षको शरद ऋतुमा रिलिज गर्ने निर्माण टिमको योजना छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया