काभ्रेको साँगामा केएमसीको स्वास्थ्य टोलीले गर्यो ७६८ बिरामीको उपचार

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेको साँगामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ।

केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालका अनुसार केएमसीको प्राविधिक सहयोगमा तथा सयपत्री बचत तथा ऋण सहकारी संस्था र काठमाडौँ सक्रिय युवा समूहको आयोजनामा मंगलबार देवी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ७६८ बिरामीको निःशुल्क उपचार गरिएको हो।

बिरामीमध्ये १०५ जनाको भिडियो एक्सरे, ८९ जनाको ईसीजी, ७५ जनाको ल्याब परीक्षण र १६ जनाको दाँत खोलिएको थियो भने ३७ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ।

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न ठाउँमा पुगेर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ। 

प्रतिक्रिया