केएमसीको स्वास्थ्य टोलीले ललितपुरमा गर्यो ६३३ बिरामीको उपचार

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले श्री शान्ति विद्याश्रमको प्राङ्गणमा रोट्रयाक्ट क्लब बालकुमारीको आयोजना र ललितपुर महानगरपालिका वडा नं ७ को सहयोगमा भएको शिविरमा ६३३ बिरामीको निःशुल्क उपचार गरिएको जानकारी दिए।

बिरामीमध्ये ९५ जनाको भिडियो एक्सरे, ८७ जनाको ल्याब परीक्षण, ४४ जनाको ईसीजी र १७ जनाको दाँत खोलिएको थियो भने २२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ। उनीहरुको निःशुल्क शल्यक्रिया गरिने नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले बताए।

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न ठाउँमा पुगेर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

प्रतिक्रिया