उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता

काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेका छन्।

आज भएको भेटमा उनिहरुबीच द्विपक्षी हित, ऊर्जा, विपद् व्यवस्थापन, भूमि व्यवस्थापन, नागरिक उड्डयन, सुरक्षा व्यवस्थापन, युवाको सीप विकास तथा स्वरोजगारलगायतका विषयमा आपसी सहकार्यका विषयमा छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ।

त्यसक्रममा राजदूत थेलेफले नेपाल र स्वीडेनको ऐतिहासिक सम्बन्धका आधारमा आपसीहित, द्विपक्षीय सहयोग र नेपालको विकास प्राथमिकताका क्षेत्रमा सहकार्य गर्न स्वीडेन सधैँ तयार रहेको बताए।

उनले मन्त्री लामिछानेलाई बधाईसहित सफल कार्यकालको शुभकामनासमेत दिएको सचिवालयले जनाएको छ।

यस्तै, उपप्रधानमन्त्री लामिछानेले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न र साझा विषयमा थप सहकार्य गर्न नेपाल तयार रहेको बताए। (रासस)

प्रतिक्रिया