सोह्रौँ पञ्चवर्षीय योजना पूर्ण कार्यान्वयनमा जाने उपाध्यक्षको दाबी,आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याइने

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले १६औँ आवधिक योाजनाले विद्यमान अवस्था,समस्या र चुनौतीहरुको गहिराइको साथ विश्लेषण गरेको उल्लेख गर्दै उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन्। उनले यो योजना पूर्ण कार्यन्वयन हुने दाबी गरे।

“हामीले सोह्रौँ योजनाको लक्ष्य महत्वकांक्षी नराखेर त्यसलाई कसरी पूरा गर्न सक्ने बनाउने र कसरी योजनालाई पूर्ण कार्यान्वयनमा लैजाने कुरालाई धेरै ध्यान दिएका छौँ। त्यसकारण यो योजनामा राखिएको कुरालाई कसरी कार्यान्वयन गर्ने भनेर त्यसतर्फ धेरै जोड दिएका छौँ।” उनले सोह्रौँ योजनाले उत्पादन र रोजगारीलाई महत्व दिएको बताए। उनले भने, “सोह्रौँ योजनाले उत्पादन र रोजगारीलाई जोड दिन्छ।”

सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६) को सार्वननिक गर्दै उनले यो योजना पन्ध्रौं भन्दा फरक भएको बताएका हुन्। सोह्रौँ योजनाले पाँच वर्षमा औसत ७.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ।

“अहिले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा फोकस हुँदा सामाजिक सूचक कतै खस्कन थालेको छ कि भन्ने देखिएको छ। त्यसकारण अब आयोजनालाइ तीन वर्गमा वर्गीकरण गरिने छ,” उपाध्यक्ष श्रेष्ठले भने।

त्यस्तै, पाँच वर्षमा प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको अन्तर्वस्तुमा उल्लेख गरिएको छ। हाल प्रतिव्यक्ति आय १ हजार चार सय ५६ अमेरिकी डलर रहेको छ।

मंगलबार बसेको मन्त्रीपरिषद्ले पारित गरेको उक्त सोह्रौँ योजनमा नेपाली नागरिकको औसत आयु ७१ वर्षबाट ७३ वर्ष पुर्याउने लक्ष्य राखिएको छ।

यस्तै, उपाध्यक्ष श्रेष्ठले १६ औँ योजनाले विकास र समृद्धिका विद्यमान अवस्था र सम्भावनाहरू पहिचान गरेको बताए।

उनले भने, “राजनीतिक नेतृत्व तह आर्थिक विकास र समृद्धिको मुद्दामा केन्द्रित छन्। तीन तहका सरकार आर्थिक–सामाजिक तथा पूर्वाधार विकासमा संलग्न छन्।”(नेपाल न्यूज बैंक)

प्रतिक्रिया