सेयर बजार २८.६२ अंकले बढ्यो

काठमाडौँ। सेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ। नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ। यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो।

मंगलबार ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको छ। हिजो परिसूचक २४.३९ अंकले बढ्दै नेप्से १९९८.८९ विन्दुमा पुग्दा ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको थियो।

यसअघि गत आइतबार ८.२६ अंकले बढ्दै सेयर बजार १९७४.५० विन्दुमा पुग्दा ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको थियो।

आज १३ उपसमूहमा सबै बढेका छन्। सर्वाधिक लघुवित्त ३.४४ र जलविद्युत उपसमूह ३.२२ प्रतिशतले बढेका छन्। २१९ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन्। सेयरमूल्य बढेकाको सूचीमा लहरै ६ वटा लघुवित्त परेका छन्। समाज, उपकार र युनिक नेपाल लघुवित्तको सेयर बढेर सर्किट लागेको छ। जनउत्थान, मानुषी लघुवित्त पनि सर्किटस्तरमा बढेको छ।

२२ कम्पनीको सेयरमूल्य घट्दा सर्वाधिक हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ता ४.६४ प्रतिशत नोक्सानमा रहे। ३ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुनेमा सीइबीडी हाइड्रोपावर कम्पनी छ। उक्त कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै शाइन रेसुंगा विकास बैंकको ११ करोड ६१ लाख, आरएसडीसी लघुवित्तको ७ करोड ९५ लाख, रिडी पावरको ७ करोड ३८ लाख र स्वावलम्बन लघुवित्तको ७ करोड २९ लाखको सेयर किनबेच भएको छ। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया