दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

काठमाडौँ। साताको दोस्रो दिन आज सेयर बजार परिसूचकसँगै कारोबार बढेको छ। परिसूचक २४.३९ अंकले बढ्दै १९९८.८९ विन्दुमा पुगेको छ।

९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ। सेयर बजार आइतबारका तुलनामा उत्साहजनक देखिएको छ। आइतबार ८.२६ अंकले बढ्दै १९७४.५० विन्दुमा बजार बन्द हुँदा ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको थियो।

१३ उपसमूहमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापारबाहेक सबैमा बढोत्तरी हुँदा परिसूचक सकारात्मक देखिएको हो। वाणिज्य बैंक उपसमूह ३.२१ प्रतिशतले बढेको छ भने लगानी उपसमूह २.०४ प्रतिशतले बढेको छ।

१४८ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन्। ८५ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रह्यो। उक्त पुनर्बीमा कम्पनीको ३० करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै सीइबीडी हाइड्रोपावरको २८ करोड २३ लाख, कर्णाली विकास बैंकको ९ करोड ३३ लाख, पोखरा फाइनान्स ६ करोड ८५ लाख, कुमारी बैंकको ६ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

नारायणी विकास बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरलगायतका तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सृजनशील लघुवित्त, हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस लघुवित्तको सेयर पनि सर्किटस्तरमा बढेको छ।   (नेपाल न्यूज बैंक)

प्रतिक्रिया