कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, शपथको तयारी हुँदै

काठमाडौँ। कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन्। कार्की तेस्रोपटक कोशीको मुख्यमन्त्री बनेका हुन्। उनी प्रदेशको आठौं मुख्यमन्त्री हुन्।

मुख्यमन्त्रीमा बिहीबार दाबी पेस गरेका कार्कीलाई समर्थन गर्ने सांसदको सनाखत पूरा भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन्। उनलाई विहीबार साँझसम्म शपथ गराउने कार्यतालिका छ। 

एमाले–माओवादीका ५२ सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भई सनाखत गरेका थिए। प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न बुधबार आह्वान गरेका थिए।‌

झापा गौरादह निवासी कार्की अनेरास्ववियुको केन्द्रीय नेतृत्व सम्हाल्दै एमालेको राजनीतिमा सक्रिय भएका हुन्। यता, कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्की भने सरकार आह्वान गैरसंवैधानिक तवरले भएको भन्दै रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका छन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया