खाने समयको बचत गरी केएमसीको स्वाथ्य टोलीले बाटोमै निःशुल्क स्वास्थ्य शिविरमा

काठमाडौँ। काठमाडौँ मेडिकल पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले हुम्लाको चंखेलीमा विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ।

केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालका अनुसार गाउँपालिकाको देउली भन्ने स्थानमा रहेको स्थानीय स्वास्थ्य चौकीमा १२० बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ।

उनका अनुसार मुगुको गमगढी जाने क्रममा बाटोमा खाना खानको निम्ति एक घण्टा खाना पाक्ने समय लाग्ने भएसँगै सोही समयको सदुपयोग गर्दै बिरामीको उपचार गरिएको हो। तीमध्ये ३५ जनाको शल्यक्रिया गर्नुपर्ने भएको छ। उनीहरुलाई आगामी बैशाख २७ गते निःशुल्क शल्यक्रिया गरिने पनि उनले बताए।

त्यसैगरी श्री महादेव माविमा कक्षा ७ देखि १२ सम्मका छात्राहरुलाई प्रा.डा. सीता घिमिरेले सेनिटरी प्याडको प्रयोग र यसको उपयोगिताबारे जानकारी दिएकी थिइन्।

नेपाली कांग्रेसका सांसद डा. सुनील कुमार शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ। 

प्रतिक्रिया