केएमसीको स्वास्थ्य टोलीले बाजुराका पन्ध्र सय बिरामीको निःशुल्क उपचार

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले बाजुरामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। 

केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालका अनुसार हिमाली गाउँपालिका र स्वामीकार्तिक गाउँपालिका बाजुराको आयोजनामा स्वामीकार्तिक गाउँपालिका कार्यालयको प्राङ्गण पिलुचौरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १४ सय ७५ जना बिरामीको निःशुल्क उपचार गरिएको छ। 

बिरामीमध्ये २१३ जनाको ल्याब परीक्षण, १६६ जनाको भिडियो एक्सरे र ११७ जनाको ईसीजी गरिएको थियो। त्यस्तै ७८ जनाको ईको गरिएको थियो भने ११४ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ। 

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रम मास्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत रोकायाको सभापतित्वमाऔपचारिक कार्यक्रममा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले स्वागत भाषण गरेका थिए भने समाजसेवाी सुभाष पोख्रेल, केएमसीका महाप्रबन्धक दाहाल, पूर्व सांसद रीता शाही, पूर्व मन्त्री जनकराज गिरी र कमल बुडाले मन्तव्य राखेका थिए। 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ।

प्रतिक्रिया