सर्वदलीय बैठक आह्वान गर्न प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको भेटमा उनीहरुबीच सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको छ ।

त्यस्तै भेटमा प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा प्रचण्डले नेपाली काङ्ग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति सहित पदाधिकारीलाई सभापतिमार्फत बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया