संसदको अवरोध हटाउन सभामुख सक्रिय, सरकारको कदमप्रति चिन्ता

काठमाडौँ। संसदको अवरोध हटाउने विषयमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र दलका प्रमुख सचेतहरुसँग छलफल गरेका छन्।

मंगलबार सिंहदरबारमा भएको छलफल संसद राकिएपछि जनप्रतिनिधिहरु निर्वाचित क्षेत्र गएका कारण संसदीय समितिहरु समेत सञ्चालन गर्न नसकेको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले बताए।

उनले भने, “आज सभामुखले संसदीय समिति र पार्टीका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ। अहिले संसद रोकिएपछि मान्यज्यू गाउँ जाने चलन रहेका कारण समितिले पनि प्रभावकारी काम गर्न नसकेको हो कि भन्ने लागिरहेको छ। समितिका सभापतिहरुले समितिलाई आवश्यक उपकरण र स्रोतको समस्या र समिति सदस्यहरु निर्वाचन क्षेत्र गएका कारण सक्रियतापूर्वक काम गर्न नसकिएको माननीय सभापतिहरुले सभापतिलाई भन्नुभयो।”

त्यस्तै खतिवडाले सरकारले अनाहकमा संसद स्थगन गर्दा संसदबाटै पारित गर्नुपर्ने र समितिहरुमा पठाउनुपर्ने कानूनमा काम गर्न नसकिएको बताए।

उनले भने, “संसद चल्दाचल्दै अनाहक स्थगित गरिएको थियो। धेरैवटा विधेयकहरु संसदबाटै पारित गर्नुपर्ने थियो। धेरै विधेयकहरु समितिमा पठाउनुपर्ने थियो। तर सरकारले ओभरल्यापिङ गर्यो संसदलाई जुन गलत थियो।”

संसदीय समितिहरु सञ्चालनका लागि सरकारले आवश्यक पूर्वाधार र स्रोतको व्यवस्थापनि गर्न नसकेको उनको जिकिर थियो। समानुपातिक निर्वाचनबारे समेत सभामुखसँग छलफल भएको उल्लेख गर्दै उनले भने, “एकचोटि समानुपाति प्रणालीबाट निर्वाचित सांसदहरुलाई अर्कोचोटि नल्याउनबारे कानून बनाउन पनि सभामुखसँग कुराकानी गरेका छौं। यसका लागि निर्वाचन आयोगसँग पनि छलफल गरेका छौं।” (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया