लगानी सम्मेलनले नेपाल आकर्षक गन्तव्य हो भन्ने पुष्टि गर्छ: अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको उल्लेख गर्दै लगानीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

काठमाडौँमा भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघान सत्रमा सम्बोधन गरेका मन्त्री पुनले नेपाललाई आकर्षक गन्तव्यको रूपमा चिनाउनु नै सम्मेलनको मुख्य उद्देश्य भएको समेत बताए।

उनले सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न नियामक क्षेत्रमा भएका सुधार र कामबारे जानकारी गराउनु, लगानी सम्मेलका लागि तयार भएका परियोजनाहरूसहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेकोमा जोड दिए।

नेपालको निमन्त्रणामा आएका अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आभार प्रकट गरेका मन्त्री पुनले सम्मेलनका क्रममा लगानीकर्ता र सरोकारवालाबिच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको बताए। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया