आगलाली पीडितलाई तत्काल राहत र उद्दारको व्यवस्था मिलाउनुहोस: गृहमन्त्री

काठमाडौँ। उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले, वन डढेलो तथा आगलागीबाट पीडितहरुलाई राहत दिने कुरामा ढिलाई नगर्न निर्देशन दिएका छन्।

शुक्रबार गृह मन्त्रालमा वन डढेलो तथा आगलागी नियन्त्रण र आउनसक्ने वाढी पहिरोको संभावित जोखिमको आंकलन अभियान अन्तरर्गत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने आफूलाई भन्न आग्रह गर्दै तत्काल कुनै ढिलाई नगरी राहत र उद्दारको लागि निर्देशन दिएका हुन्।

उनले भने, “तत्काल राहतको लागि कुनै पनि ढिलाई नहोस्। यहाँ आम सर्वसाधारणले आलोचना गर्ने, संचारमाध्यममार्फत हाम्रो कमजोरीहरु छताछुल्ल गर्ने काम भएपछि चासो दिने गरिन्छ। यो चाहीं हुँदैन्। मैंले रोकेको छु भने मलाई अहिले भन्नुहोस्। सचिवले रोक्नुभएको छ भने यहाँ तत्काल भन्नुहोस्। कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने भन्नुहोस् तर तत्काल कुनै ढिलाई नगरी राहतको र उद्दारको लागि काम गरिहाल्नुहोस्।”

कतिपय ठाउँमा जनचेतनाको कुरामा सरकार चुकिरहेको कारण पनि वन ढडेलो तथा आगलागी हुने गरको उनको भनाई छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया