उपचुनाव: बुधबार मध्यरातिबाट प्रसारप्रचार गर्न नपाइने

काठमाडौँ। प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ–१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन। वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न पाइँदैन।

वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ। निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरेको जनाएको छ।

रिक्त प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र  प्रदेश सभा बझाङमा १(१) मा ११ जना उमेदवार प्रतिस्पर्धामा छन्।   (नेपाल न्यूज बैंक)

प्रतिक्रिया