कतारका अमिर पहिलोपल्ट नेपाल आउँदै, श्रम सम्झौता उच्च प्राथमिकतामा

काठमाडौँ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलोपल्ट नेपालको औपचारिक भ्रमणमा आउन लागेका छन्। उनी मङ्गलबार दुईदिने भ्रमणमा आउन लागेका हुन्।

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

आजदेखि एसियाली मुलुकको औपचारिक भ्रमणमा निस्किएका अमिर फिलिपिन्स, र बङ्गलादेशको भ्रमण सकेर मंगलबार काठमाडौँ आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौँस्थित कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्ने तय भएको छ।

काठमाडौँमा रहँदा नेपाल र कतारवीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बुझिएको छ।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया