सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग बढेको छ: मन्त्री शर्मा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको बताएकी छिन्।

आइतबार सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सूचना प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग भेटघाटमा उनले सरकारले पनि सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आइरहेको बताईन्। उनले सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग बढिरहेको पनि बताईन्।

उनले भनिन्, “सूचना प्रविधि क्षेत्रमा पछिल्लो समयमा भएको विकास सँगै सरकारले पनि सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ। फलस्वरुप सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको छ। हरेकजसो सार्वजनिक निकायले कुनै न कुनै रुपमा विद्युतीय माध्यमबाट सेवा प्रवाह र संगठनको संचालन, व्यवस्थापन गरिरहेका छन।”

मन्त्री शर्माले मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यले त्यसको समसामयीक परिमार्जनको कार्य अगाडि बढाएको जानकारी दिइन्।

डिजिटल फाउन्डेसनका पूर्वाधारहरुलाई सुरिक्षत र अन्तरक्रियात्मक बनाउँदै समग्र प्रणालीप्रतिको विश्वासलाई वृद्धि गरी सुशासन र विकासमा टेवा पु¥याउने सरकारको लक्ष्य सरकारले ८१–८२ को नीति ,कार्यक्रममा तथा बजेटमा सुचना प्रविधि क्षेत्रलाई प्राथिमकता दिने पनि बताइन्।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया