ललितपुर मेयर चिडियाखाना नसार्ने पक्षमा

ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलमा रहेको केन्द्रीय चिडियाखानालाई इलेक्ट्रिक गोल्फ कार्ट हस्तान्तरण गरेको छ । 

विद्युतीय गल्फ कार्ट हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चिडियाखानालाई राम्रो बनाउनु आफ्नो कर्तव्य भएको भन्दै त्यो कर्तव्य निर्वाह गर्न महानगरपालिका कहिले पछि नसर्ने बताए । 

उनले भने, ‘यो गोल्फ कार्ट हस्तान्तरण पश्चात मैले बोलेको सबै कुराहरु पूरा भएको छ । चिडियाखानालाई राम्रो बनाउनु हाम्रो कर्तव्य हो र यो कर्तव्य निर्वाह गर्न महानगरपालिका कहिले पछि पर्दैन । यसमा सुधार गर्नुपर्ने कुनै कुरा छ भने आउनु म सधैँ त्यसको स्वागत गर्छु ।’ 

चिडियाखाना सूर्यविनायकमा सार्ने भनिए पनि सार्न नदिने मेयर महर्जनले बताए । चिडियाखानालाई दिएको गल्फ कार्टको निर्माण भारतमा भएको, सिट व्यवस्थाः छ वटा अगाडि अनुहार र दुई पछाडि अनुहार भएको छ । 

उक्त क्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चिडियाखानाको अवलोकन गरेकी थिईन् । 
 

प्रतिक्रिया