देशको इतिहास लेख्न हिंडेको व्यक्ति हुँ, पत्रिकाको हेडलाइनसँग चिन्ता छैन: रवि लामिछाने

इलाम। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको बताएका छन्।

इलाम २ को उपनिर्वाचनमा सहगागिता जनाउँदै उनले आफूले बेइमानहरुसँग कहिल्यैपनि आफ्नो इमानदारिताको प्रमाण नदेखाउने प्रष्ट पाारे। तर, आफूले इमानदारहरुसँग भने आफ्नो इमानको प्रमाण देखाउने प्रतिबद्धता जनाए।

उनले भने, “मलाई पत्रिकामा के लेखिन्छ, थाहा छैन् ? यो देशको इतिहास लेख्न हिँडेको मान्छे हुँ। पत्रिका आज सकिन्छ, इतिहास भोलि लेखिन्छ,” उनले अगाडि भने, “आजको पत्रिकाको हेडलाइनको चिन्ता होईन, भोलिको भविष्यको चिन्ता छ। तपाईंहरुले पत्रिकाको हेडलाईनको चिन्ता नलिनुहोस।”

उनले यो देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटी रहेको सुनाए। उनले आफ्नो नेतृत्वमा देशमा चितवनबाट निलो क्रान्ति गरेको बताए। चुनावी अभियानका क्रममा उनले आफ्नो पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुलाई विजयी गराउन अनुरोध गरे।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया