जसपाकी समानुपातिक सांसद खानले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।

शुक्रबार संसद सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख देवराज घिमिरेले खानलाई सपथ खुवाएका हुन्। 

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी खानको नाम सिफारिस गरेको थियो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया