सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छभने अन्य ५२ जना घाइते भएका छन् ।

बस दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको थियो । 

शुक्रबार बिहान भिमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतिबाट छुटेको बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । 

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको उक्त जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घटनास्थल पुगेको प्रहरी टोलीका अनुसार दुर्घटनामा ३२ जना घाइते भएका छन् । पाँच जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई अस्पताल लगिएको छ । 

घटनाबारे थप विवरण आउन बाँकी छ । 
 

प्रतिक्रिया