सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ। नयाँ वर्ष सुरु भएको पहिलो कारोबार दिनबाटै ओह्रालो लागेको सेयर बजार दोस्रो दिन अझ दोहोरो अंकले घटेको छ। बजार सोमबार १६.८२ अंकले घट्दा परिसूचक २००६.५२ विन्दुमा रह्यो।

कारोबार रकम पनि घटेर २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ। आइतबार २.३५ अंकले घट्दै बजार २०२३.३५ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँ थियो।

आज १३ उपसमूहमा सबै घट्दा परिसूचकसँगै कारोबार रकम घटेको हो। फाइनान्स, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटनसँगै अन्य उपसमूह सर्वाधिक घटेका छन्।

कारोबारमा आएका कम्पनीमध्ये १८४ को सेयरमूल्य घटेको छ भने ५२ वटाको बढेको छ। ८ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। घटेको बजारमा पनि माछापुछ्रे डिबेञ्चर २०८७, मेन्छीयम हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरको सेयरमूल्य बढेको छ।

सर्वाधिक सेयर किनबेच ज्ञादी ग्रुप अफ पावरको भएको छ। उक्त कम्पनीको सेयर १७ करोड ७३ लाख रुपैयाँको किनबेच भएको छ। यस्तै सीवाइसी नेपाल लघुवित्तको ७ करोड ७० लाख, सानीमा माई हाइड्रोपावरको ६ करोड ९१ लाखको सेयर किनबेच भएको छ।

घटेका सेयरमा गुराँस लघुवित्त र दोल्ती पावरको नकारात्मक सर्किट नै लागेको छ। खानीखोला हाइड्रोपावर, निफ्रा ऋणपत्र २०८५÷८६, माण्डू हाइड्रोपावर लगायतका कम्पनीको पनि सेयरमूल्य घटेको छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया