सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाको दाबी

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन्।

कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा चौधरीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष आइतबार दाबी पेस गरेका हुन्। 

यसअघि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा नाउपालाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको थियो। 

कांग्रेसका १८, नाउपाका ४, एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसदको समर्थनमा चौधरीले दाबी पेस गरेका छन्।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया