बिहीबार सार्वजनिक विदा

काठमाडौँ। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (ईद) का अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

भोलि चैत २९ गते बिहीबार ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ। गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको मन्त्रालयले जनाएको छ।

मुस्लिम आयोगले पनि बिहीबार ईद परेको भनेर सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको थियो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया